इंग्लिस प्रिमियर लिगमा लिभरपुल, सिटी र आर्सनल विजयी
माघ १३, २०८१ आइतबार
काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले सबै दल मिलेर काम गर्नुको विकल्प नरहेको बताउनुभएको छ ।
आज सोमवार पार्टी केन्द्रीय कार्यालयमा नवनिर्वाचित सांसदलाई बधाई ज्ञापन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । नेता खनालले नागरिकले कुनै पनि एक दललाई बहुमत नदिएकाले सबै मिलेर काम गर्नुको विकल्प नरहेको बताउनुभयो । उहाँले आउँदाे एक हप्ताभित्र सरकार कस्तो बन्छ भन्ने छिनोफानो भइसक्ने भन्दै सरकारले सही दिशा दिन सक्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘कुनै एक पार्टीको बहुमत छैन, जनताले मिलेर काम गर भनेका छन् । त्यसैले यति बेला जो कोहीले पनि मिलेर काम गर्नुको विकल्प छैन । सरकार कस्तो बन्छ भन्ने चर्चा छ । वामपन्थी सरकार बन्नुपर्छ भन्ने कुरा पनि गरिरहेका छन्, वामपन्थी सरकार बन्ने आधारहरू हिजोको नेकपा एमालेको नेतृत्वले मोडेको छ । वाम लोकतान्त्रिक सरकार नै बन्ने सबैभन्दा बढी सम्भावना देखिन्छ । खाली सङ्ख्या पुर्याएर सरकार बनाउने, कुनै मन्त्रालय लिने उद्देश्य लिएर अघि बढे हामी धेरै अघि जाँदैनौँ । लक्ष्य, योजनाको आधारमा सरकार बनाउनुपर्छ । जनताको जल्दाबल्दा समस्या उठाउनुपर्छ ।’
नेता खनालले आउँदाे पाँच वर्षमा एकीकृत समाजवादीलाई देशको पहिलो पार्टी बनाउने लक्ष्य लिएर अघि बढ्नुपर्ने बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।