इंग्लिस प्रिमियर लिगमा लिभरपुल, सिटी र आर्सनल विजयी
माघ १३, २०८१ आइतबार
काठमाण्डाै – नेपाली कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच प्रतिस्पर्धा हुने भएको छ । नेता शेखर कोइराला नेतृत्वको समूहले महामन्त्री थापालाई उम्मेदवार बनाएसँगै आफ्नो समूहबाट सर्वसम्मत उम्मेदवार रहेका देउवा र थापाबीच प्रतिस्पर्धा हुने भएको हो ।
कोइराला पक्षको बैठकपछि उपसभापति धनराज गुरुङले महामन्त्री थापालाई संसदीय दलको नेताको उम्मेदवार बनाउन सर्वसम्मत निर्णय गरेको बताउनुभयो । त्यही बैठकमा पुग्नुभएका अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि बदलिएको परिस्थिति र समयलाई ध्यान दिएर थापालाई संसदीय दलको नेता बनाउन आह्वान गर्नुभयो । उहाँले देउवा पनि आफू उम्मेदवार नभइ शेखर कोइरालाले झैँ वैकल्पिक नेतृत्वको नाम प्रस्ताव गर्नुपर्ने बताउनुभयो ।
पाँच पटक सभापति रहेका देउवा छैटौँ पटक प्रधानमन्त्री बन्न पार्टीको संसदीय दलको नेताको चुनावमा प्रतिस्पर्धामा हुनुहुन्छ । महामन्त्री थापा भने पहिलो पटक संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । कांग्रेसमा संसदीय दलको नेता जो बन्छ, उही व्यक्ति प्रधानमन्त्रीको उम्मेदवार बन्ने अभ्यास छ ।
प्रतिनिधि सभामा नेपाली कांग्रेसका प्रत्यक्षतर्फ ५७ जना र समानुपातिकतर्फ ३२ जना गरी ८९ सांसद रहेका छन् । संसदीय दलको विधानअनुसार निर्वाचित हुन ५० प्रतिशत मत कटाउनैपर्ने हुन्छ । यसअनुसार संसदीय दलको नेता बन्न ४५ सांसदको समर्थन जुटाउनुपर्ने हुन्छ । देउवा पक्षले ८९ जनामध्ये ५४ जना सांसद आफ्नाे पक्षमा खुलिसकेका दाबी गरेको छ । तर कोइराला पक्षका नेताहरू भने आफूहरूको पक्षमा ४० जनाभन्दा धेरै सांसद रहेको र उम्मेदवारी दर्ता भइसकेपछि अझै बढ्ने दाबी गर्छन् ।
कांग्रेसले यसअघि नै गठन गरेको संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिकअनुसार आज उम्मेदवारी दर्ता, उम्मेदवारविरुद्ध दाबी विरोध गर्ने र नाम फिर्ता गर्ने समय तोकिएको छ । आज नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । कांग्रेस संसदीय दलको नेताको चुनाव भने भोलि बुधवार बिहान ८ बजेदेखि १० बजेसम्म हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।