इंग्लिस प्रिमियर लिगमा लिभरपुल, सिटी र आर्सनल विजयी
माघ १३, २०८१ आइतबार
काठमाण्डाै – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले स्थायित्व र रूपान्तरणका लागि महामन्त्री गगनकुमार थापालाई संसदीय दलको नेतामा प्रस्ताव गरेको बताउनुभएको छ ।
आज मङ्गलवार पार्टीका महामन्त्री थापाको संसदीय दलको नेताको प्रस्तावकका रूपमा काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा पुगेर नेता काेइरालाले यस्तो बताउनुभएको हो । उहाँले आउँदाे पार्टी सभापतिको सहमतिको विषयमा भने भविष्यका दिनलाई हेर्दै अघि बढ्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘गगन थापाले भनेजस्तै स्थायित्व र निरन्तरताका लागि हामीले उहाँलाई संसदीय दलको नेतामा अगाडि सारेका हौँ ।’
नेपाली कांग्रेस संसदीय दलको नेताका लागि पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।