एनपीएल खेल्न न्युजिल्यान्डका मार्टिन गप्टिल नेपाल आइपुगे
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डाै – नेपाल क्रिकेट सङ्घ (क्यान) ले गर्ने नेपाल टी–२० क्रिकेट लिग प्रतियोगिता फेरि सरेको छ । यसअघि दुई पटकसम्म सरेको लिग भोलि शुक्रवारदेखि सुरु गर्ने तयारी थियो । तर श्रम स्वीकृतिका कारण केही विदेशी खेलाडी अझै आउन नसकेको र अन्य तयारी पूरा नभएको भन्दै प्रतियोगिता सरेको क्यानले जनाएको छ । अब शनिवारदेखि प्रतियाेगिता सुरु हुने क्यानले जनाएकाे छ ।
केही विदेशी खेलाडी भने नेपाल आइसकेका छन् । प्रतियोगिताका लागि क्यानले सेभेन थ्री स्पोर्ट्स कम्पनीसँग सम्झौता गरेको थियो । क्यानले आठ वर्षका लागि नेपाल प्रिमियर लिगको आयोजना अधिकार सेभेन थ्री स्पोर्टस् कम्पनीलाई दिएर ३३ करोड रुपैयाँ लिने सम्झौता गरेको थियो ।
प्रतियोगितामा काठमाण्डाै नाइट, पोखरा एभेन्जर्स, फार वेस्टर्न युनाइटेड, जनकपुर रोयल्स, विराटनगर सुपर किङ्ग्स र लुम्बिनी अल स्टार गरी छ टिमले खेल्नेछन् । क्यानले घोषणा गरेको पहिलो संस्करणको नेपाल प्रिमियर लिग नै लथालिङ्ग भएपछि खेलाडी र समर्थक निराश भएका छन् भने क्यानमाथि प्रश्न उठेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।