टेकबहादुर गुरुङ र लक्ष्मी महतोले संसद्को गतिविधिमा संलग्न हुन नपाउने

 पुष ९, २०७९ शनिबार ६:५५:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङ र एमालेका सांसद लक्ष्मी महतो कोइरीले संसदीय गतिविधिमा संलग्न हुन नपाउने भएका छन् ।

प्रहरी प्रधान कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुरुङ र कोइरीलाई संसदीय गतिविधिमा संलग्न हुन नदिन संसद् सचिवालयलाई पत्राचार गरेका छन् ।

महोत्तरी १ बाट निर्वाचित कोइरीलाई २०७२ भदौ २५ मा मधेस आन्दोलनका बेला सशस्त्र प्रहरीका असई थमन विकको हत्या आरोप लागेको छ । उच्च अदालत जनकपुरले कोइरीलाई मुद्दाको किनारा नलागेसम्म थुनामा राख्न जिल्ला प्रहरी कार्यालय महोत्तरीलाई आदेश दिएको थियो । कोइरी प्रहरीको फरार सूचीमा छन् ।

यस्तै, मनाङबाट निर्वाचित गुरुङविरुद्ध अख्तियारले भ्रष्टाचार अभियोगमा विशेष अदालतमा दायर गरेको मुद्दा अझै विचाराधीन छ । संसद् सचिवालयले अस्ति बिहीवार उनीहरु दुवैलाई शपथ गराएको थियो । दुवैजनाको बारेमा पत्र आएकाले अब संसद्को गतिविधिमा सहभागी नगराइने सचिवालयले जनाएको छ ।

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • RSV Ramgopalpur Short video

    Dec. 24, 2022, 7:24 a.m.

    राम्रो गरियो /

  •  0 Reply

तपाईको प्रतिक्रिया