प्रचण्ड प्रधानमन्त्री बन्ने सम्भावना समाप्त भएकाे ओलीकाे दाबी

 पुष ९, २०७९ शनिबार १५:४८:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको फेरि प्रधानमन्त्री हुने चाहना पूरा नहुने दाबी गर्नु भएको छ । 

फेरि एकपटक प्रधानमन्त्रीका हुनका लागि दाहालले अधिकतम प्रयास गरिरहेका बेला पूर्व-प्रधानमन्त्री समेतरहनु भएका अध्यक्ष ओलीको यस्तो प्रतिक्रिया बाहिर आएको हो । एमाले प्युठान–काठमाण्डौ सम्पर्क मञ्चले शनिबार पार्टीको केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले समयमा कदम नचालेकाले दाहालको प्रधानमन्त्री हुने इच्छा समाप्त भएजस्तो आफूले देखेको तर्क समेत गर्नु भयो ।

प्रधानमन्त्री हुने इच्छा दाहालले व्यक्त गरिरहेको उल्लेख गर्दै त्यस सम्भावनालाई समयले नै समाप्त पारि दिएको ओलीले बताउनुभयो । उहाँले अरुले पनि समयमा कदम नचाले देश फेरि पनि मध्यावधि चुनावतर्फ धकेलिन सम्भावना समेत औंल्याउनु भयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘कतिपय जो इच्छा गरिरहेका छन् । पुष्पकमल दाहालजी, जो प्रधानमन्त्रीको ईच्छा गरिरहनु भएको छ । तर उहाँले मलाई लाग्छ–ढिलो गर्नुभयो । संस्कृतिमा एउटता भनाई छ–आदेश्य, प्रदयेश्य, कर्तव्यश्य करुणा । छिप्रणा क्रिमानष्य कालति प्रवशम भन्ने एउटा नीति श्लोक छ । त्यो भनेको लिनुपर्ने कुराको, दिनुपर्ने कुराको, गर्नुपर्ने काम जेजस्ता छन्, ती समयमै गर्नुपर्दछ । भएन भने, होइन भने, समयमा कुनै काम गरिदैन भने समयले नै त्यसको उपलब्धिलाई समाप्त पारिदिन्छ । समयले नै त्यसको फल खाईदिन्छ । यदि तपाईंले आँप पाकेकै बेला टिप्नु भएन भने खान पनि पाउनु हुन्न, बेच्न पनि पाउनु हुन्न । किनभने त्यो आफैं झेरर जान्छ । त्यसको रस, त्यसको फल, त्यसको प्रतिफल, त्यसको फाईदा समयले खाईदिन्छ । त्यस्तै अब उहाँको सम्भावना सामान्यतः समाप्त भएजस्तो देखिन्छ । किनभने उहाँले समयमा कदम चाल्नु भएन ।’

अध्यक्ष ओलीले सत्तारुढ दलहरुबीचको स्वार्थले देश कमजोर बन्ने अवस्थामा पुगेको समेत दोहोर्‍याउनु भयो । उहाँले एमालेलाई सिध्याउँछु भन्ने तत्वहरु आफैं समाप्त भएको जिकीर गर्नु भयो ।

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया