अमेरिकामा आगलागी र हिमआँधीका कारण जनजीवन अस्तव्यस्त
पुस २७, २०८१ शनिबार
काठमाण्डाै – नेपाली कांग्रेसका महिला सांसदहरुले नयाँ सरकार कांग्रेसकै नेतृत्वमा हुनुपर्ने भन्दै प्रधानमन्त्रीलाई दबाब दिएका छन् ।
शनिवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका सांसदहरुले जनतासँग मत माग्न जाँदा देशको नेतृत्व नेपाली कांग्रेसले नै गर्छ भनेर मत मागेको भन्दै जनतासँगको वाचा पूरा गर्नका लागि आगामी नेतृत्व नेपाली कांग्रेसले नै गर्नुपर्नेमा जोड दिएको बताए । उनीहरुले नेपाली कांग्रेस वर्तमान अवस्थामा देशकै ठूरो राजनीतिक दल भएकाले गठबन्धन भित्र पनि नेपाली कांग्रेसकै नेतृत्वमा सरकार निर्माण गर्न जोड दिएको बताए ।
प्रधानमन्त्रीसँग भेटेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली कांग्रेसकी सांसद रमा पौडेलले अबको सरकार नेपाली कांग्रेसकै बन्नेमा विश्वस्त हुन आग्रह गर्नुभयो । उहाँले गबठन्धन देशको सुशासन, समृद्धि, स्थायित्वको लागि भएकाले गठबन्धनमा आवद्ध दलहरुले नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन गर्ने बताउनु भयो । उहाँले गठबन्धनले भोलिको लागि भागबण्डा भन्दा पनि तत्कालको नेतृत्व नेपाली कांग्रेसले गर्नुपर्ने बताउनु भयो ।
सांसद पौडेलले भन्नुभयो, ‘अबको गठबन्धन १० वर्षसम्म जान्छ । यो गबठन्धन देशको सुशासन, समृद्धि, स्थायित्वको लागि हो । हामी महिला सांसदहरुले आज प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर हामीले प्रजातान्त्रिक पार्टीले देशको नेतृत्व गरेर स्थायित्व सुशासन दिन्छ भनेर हामीले मत मागेका थियौँ, सबै गठबन्धनका नेताहरुले त्यसलाई पालना गर्नुहोस् भन्ने आग्रह हो ।'
यस्तै, सांसद पौडेलले नेपाली कांग्रेसले प्रधानमन्त्री राख्दैमा राष्ट्रपति छोड्नुपर्ने भन्ने नरहेको भन्दै यी बाहेकका अन्य उपराष्ट्रपति सभामुख, उपसभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष, मुख्यमन्त्रीहरुको पदहरुमा गठबन्धनमा आवद्ध दलहरुसँग भागबण्डा हुने बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।