सत्ता गठबन्धनको बैठक चल्दै, प्रधानमन्त्रीमा सहमति जुटाउने तयारी

 पुष १०, २०७९ आइतबार १३:५:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नयाँ सरकार गठनका विषयमा निर्णय गर्न सत्ता गठबन्धनको बैठक बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरअघि सुरु भएको बैठकमा गठबन्धनले नै मिलेर सरकार बनाउनुपर्ने र प्रधानमन्त्री कसलाई बनाउने भन्ने विषयमा छलफल भइरहेको छ ।

कांग्रेस सभापतिसमेत रहनुभएका देउवाले ठूलो दलको हैसियतले पहिले आफ्नो नेतृत्वमा सरकार बन्नुपर्ने अडान लिनुभएको छ भने प्रचण्डले आफूलाई प्रधानमन्त्री नछाडे गठबन्धनबाट बाहिरिने चेतावनी दिनुभएको छ ।

आजको बैठकपछि सत्ता गठबन्धन अघि बढ्छ कि टुट्छ भन्ने विषयमा पनि टुङ्गो लाग्ने नेताहरूले बताएका छन् ।

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया