प्रचण्ड बालकाेटमा

 पुष १०, २०७९ आइतबार १४:२२:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकार गठनबारे छलफल गर्न नेकपा माओवादीका केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकाे निवास बालकाेट पुग्नुभएकाे छ । 

प्रचण्ड सरकार गठनबारे छलफल गर्न पार्टीका नेताद्वय नारायणकाजी श्रेष्ठ र देव गुरुङसहित ओली निवास बालकाेट पुग्नुभएकाे हाे । अहिले उहाँहरू छलफलमा हुनुहुन्छ । 

आजै बिहान बालुवाटारमा बसेकाे सत्ता गठबन्धनको बैठक विना निष्कर्ष सकिएपछि प्रचण्ड बालकाेट पुग्नुभएकाे हाे । नेकपा विभाजनपछि प्रचण्ड पहिलो पटक बालकोट पुग्नुभएकाे हाे ।

अहिले एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा) का नेताहरूको बैठक बालकोटमा सुरु भएकाे छ । यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पनि ओलीसँग भेट गर्नुभएकाे थियाे ।

तस्बिर ‌: ओलीकाे सचिवालय

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया