ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै – स्पेनको क्लब कासेरेन्यो सिपीसँगको मैत्रीपूर्ण फुटबलमा काठमाण्डाै–११ पराजित भएको छ । त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा केहीबेरअघि सकिएकाे खेलमा काठमाण्डाै–११ स्पेनको चौथो श्रेणीको लिग क्लब कासेरेन्यो सिपीसँग दुई–एक गाेलले पराजित भएको हो । यससँगै नेपाल भ्रमण गरेको कासेरेन्यो सिपीले दुई वटै मैत्रीपूर्ण खेलमा सुखद नतिजा निकालेको छ ।
आज कासेरेन्योको जितमा अल्भारो क्लाउस र डेभिड ग्रान्डेले एक–एक गोल गरे । ४१ औँ मिनेटमा काठमाण्डाै–११ का गोलकिपर विशाल श्रेष्ठको गल्तीकाे फाइदा उठाउँदै अल्भारोले पहिलो हाफमा अग्रता दिलाएका थिए ।
राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान विराज महर्जनको कप्तानीमा रहेको काठमाण्डाै–११ ले ८२ औँ मिनेटमा दाेस्राे गाेल खायाे । स्पेनिस टोलीका लागि डेभिडले गोल गरे । त्यसको चार मिनेटपछि काठमाण्डाै–११ का लागि जर्ज प्रिन्स कार्कीले एक गोल फर्काउँदै अन्तर घटाए पनि बाँकी समयमा थप गोल हुन सकेन र भ्रमणकारी टोली विजयी भयाे ।
यसअघि कासेरेन्योले हिजाे बुधवार पोखरा रङ्गशालामा गण्डकी–११ सँग खेलेको थियो । त्यस खेलमा कासेरेन्योले गण्डकी–११ लाई तीन–शून्य गाेलले हराएकाे थियाे ।
नेपालमा दुई वटा मैत्रीपूर्ण फुटबल खेल्न स्पेनको क्लब नेपाल आएको हो । स्पेनमा रहेकाे नेपाली राजदूतावास, अखिल नेपाल फुटबल सङ्घ, काठमाण्डाै जिल्ला फुटबल सङ्घ र कास्की जिल्ला फुटबल सङ्घको सहकार्यमा लुम्बिनी गार्डेन फाउन्डेशनले कासेरेन्योको नेपाल भ्रमण आयोजना गरेको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।