प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

 पुष १५, २०७९ शुक्रबार १०:२:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज शुक्रवार बिहान भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान भएको भेटमा उहाँहरूबीच सरकारको न्यूनतम साझा कार्यक्रम, मन्त्रिपरिषद् विस्तारलगायतका विषयमा छलफल भएको छ ।

यसअघि हिजो शुक्रवार सत्ता गठबन्धनको बैठक बसेको थियो । बैठकले एमाले अध्यक्ष ओलीको संयोजकत्वमा न्यूनतम साझा कार्यक्रमका लागि उच्चस्तरीय संयन्त्र गठन गरेको थियो । सत्ता गठबन्धनमा आबद्ध दलका अध्यक्षहरूको बैठकले पाँच दिनभित्र सरकारको न्यूनतम साझा कार्यक्रम तयार पार्ने निर्णय पनि गरेको थियो ।

सत्ता गठबन्धनमा शक्ति बाँडफाँट प्याकेजमै टुङ्ग्याउने तयारी छ । प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै छलफल र संवाद तीव्र पार्नुभएका प्रचण्डले विश्वासको मत लिएपछि मात्रै मन्त्रिमण्डल विस्तार गर्ने तयारी गर्नुभएको छ । 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया