शेयर बजार आज ३ अङ्कले घट्यो, ३ अर्ब ४५ करोड रुपैयाँको कारोबार

 पुष १९, २०७९ मंगलबार १५:१९:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार आज मङ्गलवार सामान्य घटेको छ । दिनभर घटबढ भइरहेको शेयर बजार परिसूचक नेप्से आज तीन दशमलव शून्य तीन अङ्कले घटेर दुई हजार ६१ दशमलव शून्य छ विन्दुमा झरेको छ ।

आज माइक्रोफाइनान्स, होटल र म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर सामान्य घटेको छ । नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । आज दुई सय ५७ वटा कम्पनीका ८२ लाख २२ हजार कित्ता शेयर तीन अर्ब ४५ करोड ८० लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको ४३ करोड १२ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज धौलागिरि र खप्तड लघुवित्त, तथा श्वेतगंगा हाइड्रो र अजोड इन्सुरेन्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । वीन नेपाल लघुवित्त र बोटलर्स नेपाल कम्पनीको शेयर भने साढे पाँच प्रतिशतभन्दा धेरैले घटेको छ ।

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया