अमेरिकामा आगलागी र हिमआँधीका कारण जनजीवन अस्तव्यस्त
पुस २७, २०८१ शनिबार
काठमाण्डाै - सर्वोच्च बार एसाेसिएशनको ३४औँ नयाँ कार्यसमिति चयन लागि भएको चुनावमा बृहत् लोकतान्त्रिक समूहबाट अध्यक्षमा वरिष्ठ अधिवक्ता हरिशङ्कर निरौला विजयी हुनुभएको छ । उहाँ दुई सय ८९ मत ल्याएर विजयी हुनुभएकाे हाे। उहाँको प्रतिस्पर्धी प्रगतिशीलका वरिष्ठ अधिवक्ता तुलसी भट्टले दुई सय ७५ मत प्राप्त गर्नुभएको छ ।
उपाध्यक्षमा लोकतान्त्रिकका जगदीशप्रसाद पाण्डे, सचिवमा प्रगतिशीलका श्यामकुमार खत्री, सहसचिवमा लोकतान्त्रिकबाट सुजन लोप्चन र कोषाध्यक्षमा प्रगतिशीलबाट कपिलचन्द्र पोखरेल विजयी हुनुभएको छ । एक महिला सदस्यमा प्रगतिशीलबाट सिर्जना कँडेल विजयी हुनुभएको छ ।
त्यस्तै सदस्यहरूमा लोकतान्त्रिकबाट उत्तमराज पाठक, भीमप्रसाद ढकाल, रुपनारायण श्रेष्ठ, रेशमराज रेग्मी, रामबहादुर राउत, सुमनकुमार केसी विजयी हुनुभएको छ भने प्रगतिशीलबाट प्रभुजी पन्त, अनुपराज उप्रेती र देवी रेग्मी पोखरेल विजयी हुनुभएको छ ।
पाँच पदाधिकारी र १० सदस्य गरी १५ जनाको नयाँ पदाधिकारीका लागि चुनाव भएको थियो । नयाँ कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।