अमेरिकामा आगलागी र हिमआँधीका कारण जनजीवन अस्तव्यस्त
पुस २७, २०८१ शनिबार
काठमाण्डाै – नेपालका लागि चीनका नवनियुक्त राजदूत छन् सोङ नेपाल आइपुग्नुभएको छ । नेपालका लागि चीनको २२ औँ राजदूतको जिम्मेवारी सम्हाल्न उहाँ आज आइतवार काठमाण्डौ आइपुग्नुभएको हो ।
काठमाण्डौ आएलगत्तै ट्विट गर्दै राजदूत सोङले हिमालय वारपार चीन–नेपाल नेपाल मित्रता अमर रहोस् भन्नुभएको छ । यस्तै उहाँले नेपालमा चिनियाँ राजदूतको रूपमा काम गर्न पाउनु आफ्ना लागि सौभाग्य रहेको र नेपालको सौन्दर्य र संस्कृति देखेर चकित भएको उल्लेख गर्नुभएको छ । नेपाल–चीन सहयोगको पूर्ण सम्भावनालाई उजागर गर्न र द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन आफूले पहल गर्ने उहाँले बताउनुभएको छ ।
राजदूत सोङले विकास तथा समृद्धि र स्थायी मित्रताको सहकार्यका लागि चीन–नेपाल रणनीतिक साझेदारीको नयाँ अध्याय सुरु गर्न तयार रहेको बताउनुभयो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उहाँले चीन र नेपाल दुवैतर्फ महाधिवेशन र चुनावमार्फत नयाँ नेतृत्व आएको परिस्थितिमा दुवै देशका नेतृत्वले आपसमा मिलेर काम गर्नेमा जोड दिनुपर्ने बताउनुभयो ।
उहाँ यसअघि चीनको विदेश मन्त्रालयको एसिया मामिला विभागका उपमहानिर्देशकको रूपमा कार्यरत हुनुहुन्थ्यो । नेपालका लागि निवर्तमान चिनियाँ राजदूत होउ यान्छी दुई महिनाअघि फर्किएपछि राजदूतका रूपमा सोङ आउनुभएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।