अमेरिकामा आगलागी र हिमआँधीका कारण जनजीवन अस्तव्यस्त
पुस २७, २०८१ शनिबार
काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबै मिलेर देशलाई समृद्ध बनाउनु आफ्नो एकमात्र उद्देश्य रहेको बताउनुभएको छ । प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले फरक–फरक राजनीतिक दलबाट आएका भए पनि सबैको साझा प्रतिबद्धता देश निर्माण हुनुपर्ने बताउनुभयो ।
देश निर्माणको विषयमा फरक दल नभनी सबै एकै ठाउँमा उभिनुपर्ने प्रचण्डको भनाइ छ । ‘अब क्रिया प्रतिक्रिया नभइ काम गर्ने हो । समस्या केलाएर बस्ने छुट छैन, समाधानको सूत्र खोजेर अघि बढ्नुछ’, प्रचण्डले भन्नुभयो ।
उहाँले संसदमा नयाँ दल र सांसदको उपस्थितिमा आफूलाई ईर्ष्या नभइ मनैदेखि नै खुसी मिलेको बताउनुभयो । ‘नयाँ दल र नयाँ अनुहारको प्रवेश भएको छ । विना कुनै ईर्ष्या मनैदेखि भन्न चाहन्छु, यो लोकतन्त्र र सम्प्रभुताको जित हो । केही गर्ने आवेग र हुटहुटीलाई सम्मान गर्नुपर्छ । अबको संसद्को अर्जुनदृष्टि सुशासन र समृद्धि हुनेछ’, प्रचण्डले भन्नुभयो ।
उहाँले देशमा केही हुँदैन भन्ने भाष्यलाई बदलेर अब गरेमा के हुँदैन भन्ने सन्देश दिने आफ्नो प्रयास रहने बताउनुभयो । राष्ट्रिय एकता बलियो बनाउने र आर्थिक क्रान्तिमार्फत समृद्ध र न्यायपूर्ण राज्य निर्माण गर्ने आफ्नो प्रयासमा साथ दिन पनि प्रधानमन्त्री प्रचण्डले सबै दलसँग आग्रह गर्नुभयो ।
उहाँले संसदमा हुने अभ्यासलाई अब सबैले गौरव गर्ने गरी अघि बढाउनुपर्ने पनि बताउनुभयो । ‘संसद्का अभ्यासलाई नागरिकले गौरव गर्ने बनाउनुपर्छ । सहमतिमात्र होइन हाम्रा मतभेदहरू पनि मर्यादापूर्ण हुनेछन् । आफ्नो प्रयास यसैमा केन्द्रित हुनेछ’, उहाँले भन्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।