अमेरिकामा आगलागी र हिमआँधीका कारण जनजीवन अस्तव्यस्त
पुस २७, २०८१ शनिबार
काठमाण्डौ – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राजनीति र समाजका समस्याहरूलाई पहिलो प्राथमिकता दिएर काम गर्न नयाँ सरकारलाई आग्रह गर्नुभएको छ ।
आज सोमवार प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष नेपालले हरेक क्षेत्रमा छिटो सेवा दिने र सबै खालका बिचौलियाको सेटिङलाई भत्काउने काममा सरकार अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले आम मानिसको जनजीवन विकराल बनिरहेको भन्दै महँगी र कालोबजारीको समस्या समाधानमा लाग्नुपर्ने बताउनुभयो । युवाको विदेश पलायनको क्रमलाई रोक्न पनि सरकारले आवश्यक भूमिका निर्वाह गर्न सक्नुपर्ने उहाँले उल्लेख गर्नुभयो ।
अध्यक्ष नेपालले अहिलेको अर्थतन्त्र सङ्कटग्रस्त अवस्थामा रहेको भन्दै अर्थतन्त्रको सुधार गर्न सरकारले आवश्यक काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले बैंक ब्याज चर्को भएका कारणले आमरूपमा सबै व्यवसाय धराशायी हुने अवस्थामा रहेको बताउनुभयो । सङ्कटग्रस्त अर्थतन्त्रलाई कसरी ठिक ठाउँमा ल्याउने, कृषिमा कसरी आत्मनिर्भर हुने, विदेशी पुँजीलाई कसरी नेपालमा आकर्षित गर्ने भन्नेबारेमा वर्तमान सरकारले ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘राजनीति, समाजका समस्याहरूलाई पहिलो स्थान दिएर नागरिकलाई सुशासनको पहिलो प्रत्याभूति दिनु पर्नेछ । हरेक क्षेत्रमा छिटोछिटो सेवा र सबै खालका बिचौलियाको सेटिङलाई भत्काउने काममा अघि बढ्नुपर्छ । महँगी, कालोबजारी, कृत्रिम अभाव देखेर युवा बेरोजगारीको चक्रमा फसेका छन्, विदेश पलायन गर्ने क्रम बढ्दो छ । सिङ्गो अर्थतन्त्र नै सङ्कटग्रस्त अवस्थामा छ । यो अर्थतन्त्रलाई उँभो लगाउन सबैको ध्यान जानुपर्छ । मिटरब्याजी समस्या चर्कोरूपमा देखापरेको छ, यसमा सरकारको ध्यान जाओस् ।’
अध्यक्ष नेपालले नागरिकले परिवर्तनको महसुस गर्ने गरी काम गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।