अमेरिकामा आगलागी र हिमआँधीका कारण जनजीवन अस्तव्यस्त
पुस २७, २०८१ शनिबार
काठमाण्डाै – नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले कांग्रेस, एमाले र माओवादी जस्ता ठूला दलका कार्यकर्ता नभएकै भरमा रेशम चौधरीमाथि झुटो मुद्दा लगाएको बताउनुभएको छ । आज प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले रेशम चौधरीलाई निर्दोष थारुहरुलाई झुटो मुद्दामा कारागारमा थुन्न नमिल्ने तथा थारु भएकै कारण रेशम चौधरी लगायतका थारुहरुलाई मुद्दा लगाएको भन्दै सरकारसँग आपत्ति जनाउनु भयो ।
उहाँले भन्नुभयो, ‘२०७२ भाद्र ७ गते टिकापुर थारु आन्दोलनको बारेमा सबै सांसदहरुलाई सर्वविदितै छ । टिकापुर घटना कुनै बन्द कोठामा घटाइएको होइन । टिकापुर घटनालाई साक्षात रुपमा हेर्ने हजारौँ आँखाहरु थिए । त्यो हजारौँको भडिमा नदेखिएको एउटा मानव आकृति माननीय रेशम चौधरीलाई र निर्दोष थारुहरुलाई कारागारमा थुनिएर राखिएको छ । कानुन ज्ञाताहरु भन्छन्, घटनास्थलमा अनुपस्थितलाई मुद्दा नै लगाउन पाइँदैन ।’
उहाँले अगाडि भन्नुभयाे, ‘माननीय रेशम चौधरी लगायतका निर्दोष थारुहरुको अभियोग पत्रमा छ । अभियोग पत्रमा स्थानीय वारदातमा नभएको स्पष्ट छ । रेशम चौधरीलाई किन मुद्दा लगाइयो ? काँग्रेस, एमाले, माओवादी जस्ता ठूला राजनीतिक दलको कार्यकर्ता नभएकै कारण झुटा मुद्दा लगाइयो । र मलाई लाग्छ थारु भएकै कारण रेशम चौधरी लगायतका आज कारागारमा हुनुभएका सम्पूर्ण राजबन्दीहरुलाई मुद्दा लगाएर यो राज्यले ५ वर्ष बितायो ।’
उहाँले सर्वोच्च अदालतको लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नू भन्ने फैसलाको प्रतिलिपि ज्येष्ठ सदस्य सभामुखलाई बुझाउनुभएको थियो । ठूला राजनीतिक दलका शीर्ष नैताहरुले नै रेशम चौधरी निर्दोष भएको भनिसकेकाले आफूले न्यायको आश गरेको पनि उहाँले बताउनु भयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।