कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने, सरकारमा सहभागी नहुने

 पुष २६, २०७९ मंगलबार १३:११:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ । कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले सरकारमा सहभागी नहुने तर विश्वासको मत दिने निर्णय गरेको हो ।

कांग्रेसले समेत विश्वासको मत दिँदा प्रधानमन्त्री प्रचण्डले कम्तीमा दुई सय ६९ सांसदको समर्थन पाउने हुने भएको छ । लामो रस्साकस्सीपछि कांग्रेसले प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको हो । विश्वासको मत दिने/नदिने निर्णय गर्न कांग्रेस बिहानैदेखि छलफलमा थियो ।

बैठकमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा भने सरकारलाई विश्वासको मत दिन नहुने पक्षमा रहनुभएको थियो । प्रधानमन्त्री प्रचण्डले केहीबेरपछि बस्ने संसद् बैठकमा विश्वासको मत लिनु हुनेछ । 

यस्तै कांग्रेसकै आग्रहमा बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक दिउँसो १ बजेका लागि सारिएको थियो ।

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया