शेयर बजार बढ्नु सरकारप्रति नागरिकको भरोसा हो : प्रधानमन्त्री प्रचण्ड

 पुष २६, २०७९ मंगलबार १३:४८:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शेयर बजारको वृद्धिलाई सरकारको सफलता र भरोसासँग जोडेर हेरेको बताउनुभएको छ । संसदमा विश्वासको मत माग्दै उहाँले शेयर बजार बढ्नुलाई नयाँ सरकारप्रतिको भरोसका रूपमा लिएको बताउनुभएको छ ।

‘पछिल्ला दिनमा शेयर बजारमा आएको सकारात्मक परिवर्तनलाई नयाँ सरकारप्रति नागरिककाे भरोसको सङ्केतका रूपमा हेरेको छु’, प्रचण्डले भन्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले यस पटक सिङ्गो देश एक ठाउँमा उभिएर विश्वलाई नै एकताको सन्देश दिन चाहेको उल्लेख गर्दै यो कार्यकालमा इमानदार स्वीकारोक्तिसहित केही न केही गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले पहुँच नभइ विधिको शासन सुरु गर्ने र ६० खर्ब रुपैयाँ बराबरको विकास खर्च जुटाउँदै राष्ट्रिय सहमतिका साथ शान्ति प्रक्रियाका केही बाँकी काम पूरा गर्न लागिपर्ने बताउनुभयो ।

आउँदाे छ महिनाभित्र नागरिकता प्रदान गर्ने तथा एक वर्षभित्र राष्ट्रिय परिचयपत्र प्रदान गर्ने, आर्थिक समृद्धिका लागि नीतिगत सुधार, न्यायपालिकाको सुधार र भ्रष्टाचारको अन्त्य गर्दै नागरिक प्रशासन सेवा प्रवाहमा सुधार ल्याउन एक दर्जन नयाँ ऐनको तर्जुमा र विद्यमान ऐनको सुधार गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो ।

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया