पर्सामा कोइला बालेर सुतेका २ जनाको निसासिएर ज्यान गयो

 पुष २७, २०७९ बुधबार १७:२७:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – पर्सामा कोइला बालेर सुतेका दुई जनाको निसासिएर ज्यान गएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर २ को त्रिपति ट्रेडिङ एन्ड सप्लायर्सको कोइला डिपोमा गए राति कोइला बालेर सुतेका दुई जनाको सुतेकै अवस्थामा ज्यान गएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

ज्यान गुमाउनेमा भारतको मोतिहारी जिल्लाका २९ वर्षका पवित्र गिरी र बहारका मिथलेश यादव रहेका छन् । उनीहरू गए राति कोइला बालेर झ्याल र ढोका थुनेर सुतेका थिए ।

नारायणी अस्पतालबाट पुगेका डाक्टरले अक्सिजनको कमी हुँदा उनीहरूको निसासिएर ज्यान गएको बताएका प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: माघ १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया