सरकारले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने निर्णय गरेर राम्राे गर्‍याे : ओली

 पुष २७, २०७९ बुधबार १८:१२:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सत्तारूढ प्रमुख घटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने निर्णय गरेर राम्राे गरेको टिप्पणी गर्नुभएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले बुधवार पृथ्वी जयन्तीको अवसर पारेर काठमाण्डाैमा आयोजना गरेको चियापान कार्यक्रमपछि उहाँले सञ्चारकर्मीमाझ यस्ताे प्रतिक्रिया दिनुभएको हो । अध्यक्ष ओलीले नेपालको एकीकरण गरेर पृथ्वीनारायण शाहले सिङ्गो देशलाई एकताबद्ध गर्नुभएको स्मरणसमेत गराउनुभयो ।

उहाँले भन्नु भयो, ‘पृथ्वीनारायण शाहले देशलाई एकीकरण गर्ने सन्दर्भमा जुन अगुवाइ गर्नुभयो, जुन नेतृत्व गर्नुभयो र देश एकीकृत भयो । एकीकरण भयो । एउटा देश भयो । नेपाल भयो । हामी नेपाली भयौँ । त्यस कारण पृथ्वीनारायण शाहको जन्मदिनको खुसीयालीमा सरकारले बिदा दियो । पहिलो पटक होला यो सन्दर्भमा ।’

सरकारले आज पृथ्वी जयन्तीको अवसर पारेर सार्वजनिक बिदासमेत दिएको छ । सत्तारूढ राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई विश्वासको मत दिन पृथ्वी जयन्तीमा सरकारले सार्वजनिक बिदा दिनुपर्ने सर्तसमेत राखेको थियो ।

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया