अमेरिकामा आगलागी र हिमआँधीका कारण जनजीवन अस्तव्यस्त
पुस २७, २०८१ शनिबार
काठमाण्डाै – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो पार्टी सरकारमा सहभागी नहुने बताउनुभएकाे छ ।
बुधवार पृथ्वी जयन्तीको अवसर पारेर राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाण्डाैमा आयोजना गरेको चियापान कार्यक्रममा सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले यस्ताे बताउनुभएकाे हाे । वरिष्ठ नेता पौडेलले पाँच वर्षभित्र देशमा धेरै ठूलो विकासमा फड्को मार्ने गरी काम गर्न प्रतिपक्षमै बसेर सरकारलाई सहयोग गर्न आफ्नो पार्टीले विश्वासको मत दिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘अब राष्ट्र बनाउन, राष्ट्र बचाउन राष्ट्रिय एकताको आवश्यकता छ भनेर मैले भन्दै पनि आएको थिएँ । आज राष्ट्रिय एकता दिवस पनि पर्याे । एकता दिवसमा केवल फर्मालिटी पूरा गर्नका लागि मात्रै मनाउने होइन, हामीले साँच्ची नै एकताबद्ध गरेर राष्ट्रको निर्माण गर्नुछ । राष्ट्रिय एकताको खाँचो छ । त्यसो भएको हुनाले हिजो हामीले सबैले एकै ठाउँ भोट हाल्यौँ । हामी सत्तामा नगइ तलबाटै सहयोग गर्ने । अहिले सरकारमा जाने कुरा नै छैन । हामी सरकारमा जाँदैनौँ ।’
नेता पाैडेलले राष्ट्रलाई एकीकरण गर्नुभएका पृथ्वीनारायण शाहको स्मृतिमा राष्ट्रिय एकता दिवस मनाउनु नेपालका लागि अन्यन्तै खुसी र गौरवको विषय भएको बताउनु भयो । उहाँले पृथ्वीनारायण शाहको दिव्याेपदेशको स्मरण गर्दै घुस लिने र दिने अपराध कर्मको अन्त्य गरी भ्रष्टाचारमुक्त देश बनाउन दलहरूले मिलेर काम गर्नुपर्ने बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।