सुनको भाउ आज ११ सय रुपैयाँले बढ्यो

 माघ १, २०७९ आइतबार १२:३०:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सुनको भाउ आज तोलामा १ हजार १ सय रुपैयाँले बढेको छ । कारोबार हुने हप्ताको पहिलो दिन आज आइतवार सुनको भाउ तोलामा ११ सय रुपैयाँले बढेर १ लाख ५ हजार रुपैयाँ पुगेकाे हाे । अस्ति शुक्रवार सुन तोलाको १ लाख ३ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। 

यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ तोलामा २५ रुपैयाँले बढेर १ हजार ३ सय ९० रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रवार चाँदी तोलाको १ हजार ३ सय ६५ रुपैयाँमा किनबेच भएकाे थियो ।

सुनको भाउ केहीसमयदेखि लगातार बढ्न थालेको छ । २०७८ साल फागुन २५ गते भाउ बढेर तोलामा १ लाख ५ हजार ५ सय रुपैयाँ पुगेको सुनको भाउ त्यसयता घटेको थियो । तर, केही दिनयता फेरि भाउ बढेको बढ्यै छ।

पछिल्लो समय विश्व बजारमा नै घरजग्ग्गा र शेयर बजारमा अस्थिरता आएकाले सुनमा लगानी बढेको छ । सुनमा गरिएको लगानी सुनिश्चित हुने भएकाले लगानीकर्ता सुनमा आकर्षित हुने गरेका छन् । यस्तै, बेरोजगारको सङ्ख्या बढ्न थालेकाले पनि सुनको माग र कारोबार बढ्दा भाउ बढेको महासङ्घको भनाइ छ । 

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया