ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै – भारतले एकदिवसीय क्रिकेट इतिहासमा सबैभन्दा ठूलाे अन्तरकाे जित निकाल्दै विश्व कीर्तिमान कायम गरेकाे छ । श्रीलङ्कासँगकाे तेस्राे तथा अन्तिम एकदिवसीय क्रिकेटमा तीन सय १७ रनकाे फराकिलाे अन्तरकाे जित निकाल्दै कीर्तिमान कायम गरेकाे हाे । भारतले न्युजिल्यान्डकाे १५ वर्ष पुरानाे कीर्तिमान ताेडेकाे हाे । न्युजिल्यान्डले सन् २००८ मा आयरल्यान्डलाई दुई सय ९० रनले हराएकाे थियाे ।
भारतले दिएकाे तीन सय ९१ रनकाे लक्ष्य पछ्याएकाे श्रीलङ्काले २२ ओभरमा सबै विकेट गुमाएर ७३ रनमात्र बनाउन सक्याे । श्रीलङ्काका लागि नुवानिदाे फर्नान्डाेले सर्वाधिक १९ रन बनाए । भारतका माेहम्मद सिराजले चार तथा माेहम्मद शमी र कुलदीप यादवले दुई/दुई विकेट लिए ।
यसअघि टस जितेर पहिलाे ब्याटिङ गरेकाे भारतले ५० ओभरमा पाँच विकेट गुमाएर तीन सय ९० रन बनायाे । भारतका लागि विराट काेहलीले नटआउट १६६ र शुभमन गिलले ११६ रन बनाए । श्रीलङ्काका कसुन रजिथा र लाहिरु कुमाराले दुई/दुई विकेट लिए ।
याेसँगै भारतले तीन खेलकाे शृङ्खलामा 'क्लिन स्वीप' गरेकाे छ । यसअघि भएकाे तीन खेलकाे टी–२० शृङ्खला पनि भारतले दुई/एकले जितेकाे थियाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।