पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
बागलुङ – बागलुङको पश्चिम गलकोटमा २२ औं राष्ट्रिय महिला भलिबल प्रतियोगिता सुरु भएको छ ।
नेपाल भलिबल संघको आयोजना, गलकोट नगरपालिकाको विशेष सहयोग र जिल्ला भलिबल संघ बागलुङको स्थानीय व्यवस्थापनमा भएको प्रतियोगिताको उद्घाटन खेलमा तीन विभागीय टोलीले नै शुरुवाती सफलता हासिल गरेका छन् ।
मंगलबारको खेलमा विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ)ले प्रदेश ६ लाई पराजित गरेको छ । सशस्त्रले प्रदेश ६ लाई १२—२५, १२—२५ र ६—२५ अकं सहित ३—० को सोझो सेटमा पराजित गरेको जिल्ला भलिबल सघंका अध्यक्ष याम श्रीसले बताउनुभयो ।
दोस्रो खेलमा नेपाल पुलिस क्लबले प्रदेश नम्बर ५ लाई हराएको छ । पुलिसले ११—२५, १७—२५ र १३—२५ अंकका साथ लगातर तीन सेट आफ्नो पक्षमा पारेको हो ।
निकै प्रतिस्पर्धात्मक रहेको तेस्रो खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशमाथि जित हासिल गरेको छ ।
प्रतियोगितामा ६ प्रदेश र ३ विभागीय टिम गरि ९ टिम सहभागी छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी, त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश, प्रदेश २, ३, ५,६ र कर्णाली प्रदेश प्रतियोगिताका लागि गलकोट आएका छन् । १० समूहले सहभागिता जनाउने बताइए पनि अन्तिम समयमा प्रदेश नम्बर १ ले सहभागिता जनाएन ।
असोज २७ गते सकिने प्रतियोगिताबाट नेपालमा हुने १३ औं साग खेलकुदका लागि खेलाडी छनोट गरिने नेपाल भलिबल संघका वरिष्ठ केन्द्रिय उपाध्यक्ष तथा प्रतियोगिता समन्वय समितिका संयोजक याम गुरुङले जानकारी दिनुभयो ।
प्रतियोगिताको विजेता, उपविजेता र तृतिय स्थान प्राप्त गर्ने समूहलाई क्रमशः ५० हजार, ३० हजार र २० हजार नगद पुरस्कार प्रदान गरिने छ । सर्वोत्कृष्ट खेलाडीलाई १० हजार पुरस्कारको व्यवस्था गरिएको छ ।
अन्य पाँच विधातर्फ उत्कृष्ट स्पाइकर, उत्कृष्ट सर्भर, उत्कृष्ट लिबेरो, उत्कृष्ट सटर र उत्कृष्ट ब्लकरलाई पनि नगद ५÷५ हजारका दरले पुरस्कार प्रदान गरिनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
बाग्लुङ्गका उज्यालो सहकर्मी दिल शिरीष पत्रकार महासंघको जिल्ला अध्यक्ष समेत हुनुहुन्छ ।