अमेरिकामा आगलागी र हिमआँधीका कारण जनजीवन अस्तव्यस्त
पुस २७, २०८१ शनिबार
काठमाण्डाै – नेपाली कांग्रेसका प्रवक्ता एवम् सांसद डा. प्रकाशशरण महतले छानबिन समितिको निष्कर्षलाई आम नागरिककाे पहुँचबाट टाढै राख्ने परिस्थितिको अन्त्य हुनुपर्ने बताउनुभएको छ ।
आइतवार काठमाण्डाैबाट पोखराका लागि उडेको विमान दुर्घटना भएकोप्रति दुःख व्यक्त गर्दै प्रवक्ता महतले यस्ता घटनाहरू पटकपटक दोहोरिरहेको भन्दै जाँचका लागि गठन भएकाे आयाेगले बुझाएको प्रतिवेदनको पूर्ण कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभएको हो । उहाँले समितिले बुझाएका प्रतिवेदनहरूको सही कार्यान्वयन हुन नसक्दा यस्ता घटनाहरूको पुनरावृत्ति भइरहेको बताउनुभयो ।
प्रवक्ता महतले अहिलेसम्म भएका विमान दुर्घटनाहरू किन भए भन्ने जाँच आयाेगले बुझाएको प्रतिवेदन सार्वजनिक गर्न आवश्यक रहेको बताउनुभयो । जाँच आयाेगले बुझाएको प्रतिवेदनको कार्यान्वयन गरेर अघि नबढ्ने हो भने अन्तर्राष्ट्रिय जगतमा नै नेपाल हवाई यातायातको क्षेत्रमा अत्यन्त जोखिमयुक्त देश बन्ने सन्देश प्रवाह हुने उहाँकाे भनाइ छ । सरकारले दुर्घटनाको विषयलाई गम्भीरताका साथ लिएर नदोहोरिने सुनिश्चितता गर्ने कुरामा लाग्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘विमान दुर्घटनाकाे घटना पटक–पटक दोहोरिरहेका छन् । हरेक पटक घटना हुन्छ, त्यसपछि हामीले एउटा छानबिन समिति बनाउँछौँ, समितिको निष्कर्ष के निस्किन्छ त्यसको अत्तोपत्तो कसैले पाउँदैन । यो परिस्थितिको अन्त्य गर्नुपर्छ । अहिलेसम्म विभिन्न यस्ता घटनाहरू भए । के कारणले भए ? त्यो सार्वजनिक गर्न जरुरी छ । दुर्घटना दोहोरिन नदिन यथेष्ठ उपाय खाेज्नुपर्छ । होइन भने अन्तर्राष्ट्रिय जगतमा नै नेपाल हवाई यातायातको क्षेत्रमा अत्यन्त जोखिम देश भन्ने कुरा जान्छ । यस्तो दुर्घटना पटक–पटक नदोरियोस् । नदोहोरिने सुनिश्चितता मुखले नभइ कामबाटै सरकार र सम्बन्धित निकाय लागोस् भन्ने चाहन्छौँ ।’
काठमाण्डाैबाट पोखरा उडेको यति एअरलाइन्सको कल साइन नाइनएन एएनसी फ्लाइट नम्बर ६९१ एटीआर ७२ जहाज आइतवार पोखरा विमानस्थलबाट दुई किलोमिटरको नजिककमा सेती नदीको खोँचमा दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा परि जहाजमा सवार सबैको ज्यान गएकाे छ । अझै केही शव खोज्ने क्रम जारी छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।