देशभरका तुइन हटाएर झोलुङ्गे पुल बनाउने मन्त्री पाण्डेको प्रतिबद्धता

 माघ ३, २०७९ मंगलबार १६:८:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – नवनियुक्त सहरी विकास मन्त्री विक्रम पाण्डेले सबैभन्दा पहिला देशभरका तुइन विस्थापित गरेर झोलुङ्गे पुल बनाउने प्रतिबद्धता जनाउनुभएको छ ।

मङ्गलवार सहरी विकास मन्त्रीको शपथ ग्रहणपछि मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री पाण्डेले यस्तो प्रतिबद्धता जनाउनुभएको हो । नेपालको पश्चिम क्षेत्रमा खोलामा झोलुङ्गे पुल नहुँदा मानिसहरू तुइनबाट खोला तर्दा खसेर ज्यान गइ रहेको भन्दै सबैभन्दा पहिला मन्त्रालयले तुइन हटाएर झोलुङ्गे पुल बनाउने बताउनुभएको हो । 

मन्त्री पाण्डेले अब नेपालको कालीगण्डकी क्षेत्रमा हरेक आधा घण्टाको फरकमा झोलुङ्गे पुल निर्माण गरिने बताउनुभयो । उहाँले सहरी विकास मन्त्रालयमा गर्नुपर्ने कामको प्राथमिकताका आधारमा काम गर्ने बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘सहरी विकास मन्त्रालय फरक तरिकाले अगाडि बढ्छ । सहरी विकास मन्त्रालयमा काम किन हुन नसकेको भन्ने थाहा छ । अब त्यस्ता समस्या आउन नदिने सोचले मलाई मन्त्रालयमा पठाइएको छ, त्यो पूरा गरेर देखाउँछु । पश्चिमतिर तुइनबाट खसेर मानिसहरूको ज्यान गएको छ, त्यो काम यो मन्त्रालयले अहिलेसम्म पनि पूरा गर्न सक्दैन भने मन्त्रालयको स्थापना भएर काम छैन । त्यो काम सबैभन्दा पहिला पूरा गरिन्छ ।  त्यहाँ सबैभन्दा पहिला तुइन हटाएर झोलुङ्गे पुल बनाउने काम पूरा गरिन्छ ।’

मन्त्री पाण्डेले आफूलाई सहरी विकास निर्माणको विषयमा जानकारी भएकाले कुनै स्वार्थ नबाझिने तर्क गर्नुभयो ।

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • राजु घर्ती

    Jan. 18, 2023, 3:02 a.m.

    हार्दिक बधाई मन्त्री ज्यु, जनताले सोचे भन्दा राम्रो राम्रो काम गर्नु होला ,मैले तपाईंको कालिका प्यासिफिक जे.भि.को मद्द्य पहाडी पुश्पलाल मार्ग शितलपोखरी देखि चयरिपानी सम्म 7 किलोमीटरको काम गरेको थिए र अहिले सम्म सो 5% धरौटी फिर्ता पाको छैन यो समाचार हजुर सम्म पुगोस र म लागाएत धरौटी फिर्ता पाउने सबै स्थानीय पेटि ठेकेदारले पैसा पाईएको सुखद खबर पाउनु परोस यसको लागि प्यासिफिक जे.भि. का ठाकुर कटटेलको ध्यानाकर्षण होस !बाकी पुनः सम्पर्कमा आउने छु !

  •  0 Reply

तपाईको प्रतिक्रिया