पाकिस्तानमा विपक्षी दलका प्रदर्शनकारीमाथि भएको कारबाहीको तत्का...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डाै – प्रदेश १, सुदूरपश्चिम प्रदेश र सशस्त्र प्रहरीको एपीएफ क्लब प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइलनमा पुगेका छन् ।
आज मङ्गलवार इटहरीमा भएको खेलमा कर्णाली प्रदेशलाई १० विकेटले हराउँदै प्रदेश १ अन्तिम चारमा पुगेको हो । कर्णालीको यो लगातार तेस्रो हार हो । मैदान ओसिलो भएका कारण खेल ढिला सुरु हुँदा खेल ११ ओभरमा झारिएको थियो । जसमा कर्णालीले प्रदेश एकलाई ४० रनको लक्ष्य दिएको थियो । ४० रनको लक्ष्य प्रदेश १ ले ४ ओभर ५ बलमा विना विकेट गुमाएर भेटायाे ।
आज भएको दोस्रो खेलमा सुदूरपश्चिम प्रदेश पनि सशस्त्र प्रहरीको एपीएफ क्लबलाई चार विकेटले हराउँदै सेमिफाइलनमा पुगेको छ । एपीएफले दिएको ९२ रनको सामान्य लक्ष्य सुदूरपश्चिमले ४ बल बाँकी छँदै छ विकेट गुमाएर भेटायो । सुदूरपश्चिमकी डोली भट्टले सर्वाधिक ३३ रन बनाइन् । एपीएफकी नेरी थापाले तीन विकेट लिइन । यसअघि पहिले ब्याटिङ गरेको एपीएफका लागि लागि ममता चौधरीले सर्वाधिक २६ रन बनाइन् ।
समूह 'ए' मा चार अङ्क रहेको एपीएफ पनि दोस्रो स्थानमा रहेर सेमिफाइलनमा पुगेको छ । प्रतियोगितामा सात प्रदेश र एपीएफ गरेर आठ टोलीको सहभागिता रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।