आफ्नो सभामुखका उम्मेदवारलाई मतदान गर्न कांग्रेसको 'ह्विप'

 माघ ४, २०७९ बुधबार १८:५८:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाली कांग्रेसले सभामुख पदमा आफ्नो पार्टीका उम्मेदवार ईश्वरी न्यौपानेलाई मतदान गर्न 'ह्विप' जारी गरेको छ । 

कांग्रेस प्रमुख सचेतक रमेश लेखकले पार्टीका सांसदलाई अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र उम्मेदवार न्यौपानेलाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्तावकाे पक्षमा मतदान गर्न तथा देवराज घिमिरेलाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावकाे विपक्षमा मतदान गर्न ह्विप जारी गर्नुभएको हो । 

भोलि माघ ५ गते बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा नेपालको संविधानको धारा ९१ एवम् प्रतिनिधि सभा नियमावली २०७५ बमोजिम सभामुखको निर्वाचनसम्बन्धीकाे प्रस्ताव प्रस्तुत हुँदैछ । 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया