अमेरिकामा आगलागी र हिमआँधीका कारण जनजीवन अस्तव्यस्त
पुस २७, २०८१ शनिबार
काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले प्रतिनिधिसभामा पहिलो सम्बोधन गर्नुभएको छ । उपसभामुखको लागि पार्टीको तर्फबाट उम्मेदवार रहनुभएकी इन्दिरा रानामगरको प्रस्तावकको रुपमा सम्बोधन गर्दै गौतमले जसरी जाडो याम सकिएर वसन्त ऋतुमा पालुवा पलाउँछन् त्यसैगरी राजनीतिमा पनि वसन्त ऋतु सुरुवात भइसकेको बताउनुभएको हो ।
‘छोटा दिनहरु बिस्तारै लामा हुँदैछन्, जाडो र तुसारोले बोट बिरुवा उजाड छन्, तर छिट्टै वसन्त ऋतु सुरु भएर पालुवा पलाउँदैछ । यो रोस्टमबाट हेर्दा हाम्रो संसदमा भने वसन्त ऋतु सुरु भएर पालुवा पलाइरहेको देखेको छु, यो निकै सुन्दर दृष्य हो’, गौतमले भन्नुभयो ।
उपसभामुखको लागि सिमान्तकृत समुदायका दुई जना महिलाको प्रतिष्पर्धा हुनुलाई गौतमले लोकतन्त्र सुदृढ बन्दै गएको रुपमा लिएको बताउनुभयो । आम मानिसले मुल धारको राजनीतिमा आफूलाई सहभागी गराउन सकुन् भनेर आफूले पहल गरिरहने सोबिता गौतमको भनाई छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।