अमेरिकामा आगलागी र हिमआँधीका कारण जनजीवन अस्तव्यस्त
पुस २७, २०८१ शनिबार
काठमाण्डौ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कलम चिन्हमा भोट नहाल्ने नेता कार्यकर्तालाई कारबाहीको चेतावनी दिनुभएको छ ।
‘एकीकृत समाजवादीको नेता कार्यकर्ता बन्ने तर अर्के पार्टीको चुनाव चिन्हमा भोट हाल्नेलाई कारबाही हुन्छ’, रौतहट काठमाण्डौ सम्पर्क मञ्चले गरेको कार्यक्रमलाई सम्बाेधन गर्दै अध्यक्ष नेपालले भन्नुभयो, ‘मैले केही सुनेको छु र तथ्यहरु पनि संकलन भइरहेका छन्, पार्टीलाई धोका दिएको प्रमाणित भए अप्ठेरो पर्ला । समयमै आत्मसमीक्षा गर्नुहोस् ।’
गएकाे चुनावमा एकीकृत समाजवादीका केही नेताले र कार्यकर्ताले फरक पार्टीका उम्मेदवारलाई सहयोग गरेको सूचना पार्टी मुख्यालयमा आएको छ । कतिपयले प्रत्यक्षमा कलम चिन्हमा मतदान गरे पनि समानुपातिकमा अर्कै पार्टीलाई भोट दिएको नेता नेपालले बताउनु भयो । कतिपय पार्टीका केन्द्रीय समिति र विभागमा भएका जिम्मेवार नेताहरु पनि भोट हाल्न पुगेका थिएनन् । त्यस्ता नेता र कार्यकर्ताको लगत संकलन एकीकृत समाजवादीले गरिरहेको पनि उहाँले बताउनुभयाे ।
शनिवार पार्टी कार्यालय आलोकनगरमा सम्पर्क मञ्चका नेता कार्यकर्तालाई सम्बाेधन गर्दै अध्यक्ष नेपालले एकीकृत समाजवादी देशको मुख्य राजनीतिक शक्ति भएको बताउनुभयो ।
अब पार्टीलाई क्रान्तिकारी भावनामा बढाएर नेपाली जनताको आर्थिक, सामाजिक रुपान्तरणमा लाग्ने बताउनुभयो । एकीकृत समाजवादीलाई समाजको आशावादी पार्टी बनाउन आफूहरु लागेको जानकारी पनि दिनुभयो ।
अध्यक्ष नेपालले पार्टी निर्माणका लागि दृढ सपना र लक्ष्य बोक्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ । उहाँले भन्नुभयाे, ‘सपनाको लागि प्रयासरहित निन्द्रा चाहिन्छ, तर लक्ष्यका लागि निन्द्रारहित प्रयत्नको आवश्यकता पर्दछ ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।