पोखरा गोल्डकपमा एनआरटी र चर्च ब्वाइज युनाइटेड खेल्दै
माघ २४, २०८१ बिहिबार
काठमाण्डौ – शेयर बजार आज दोहोरो अंकले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १३ दशमलव ७१ अंकले घटेर दुई हजार एक सय ६५ दशमलव १० विन्दुमा झरेको छ ।
बैंक र म्युचुअल फण्डबाहेक सबै समूहको शेयर घटेको दिन आज जलविद्युत्, बीमा र माइक्रोफाइनान्स समूहको शेयर उच्च अंकले ओरालो लागेको छ ।
दुई सय ५७ वटा कम्पनीका एक करोड सात लाख ५९ हजार कित्ता शेयर तीन अर्ब ८६ करोड ४० लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै कुमारी बैंकको २७ करोड ४८ लाख रुपैयाँको शेयर किनबेच भयो ।
आज सबैभन्दा धेरै हिमालयन हाइड्रोपावर कम्पनीको शेयर झण्डै आठ प्रतिशत तथा लिबर्टी इनर्जीको शेयर सात प्रतिशत भन्दा धेरैले घटेको छ ।
समग्रमा बजार घटेपनि आदर्श लघुवित्त, सानिमा जीआइसी इन्सुरेन्स, कुमारी बैंक र स्टान्डर्ड चार्टड बैंकको शेयर १० प्रतिशतले बढेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।