शेयर बजार दोहोरो अङ्कले बढ्यो, झण्डै साढे तीन अर्ब रुपैयाँको कारोबार

 माघ ११, २०७९ बुधबार १५:४१:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – शेयर बजार आज दोहोरो अङ्कले बढेको छ । आज शेयर बजार परिसूचक नेप्से १० दशमलव ३७ अङ्कले बढेर दुई हजार १८३ दशमलव ६२ अङ्कमा पुगेको छ ।

आज बैंक, फाइनान्स र अन्य समूह बाहेक सबै समूहको शेयर बढ्दा बीमा र होटल तथा पर्यटन समूहको शेयर उच्च अङ्कले बढेको छ ।

दुई सय ६१ वटा कम्पनीका ९५ लाख कित्ता शेयर तीन अर्ब ४६ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धरै नेशनल हाइड्रोपावरको १० करोड रुपैयाँभन्दा धेरैको शेयर किनबेच भयो ।

आज ग्रिनलाइफ हाइड्रोपावर कम्पनी, आदर्श लघुवित्त, सानिमा जिआइसी इन्स्युरेन्स र सूर्यज्योली लाइफ इन्स्युरेन्सको शेयर १० प्रतिशतले बढेको छ ।

समग्रमा बजार बढे पनि आरुबीबी म्यूचुअल फण्डको शेयर पाँच प्रतिशत भन्दा धेरै र जानकी फाइनान्स तथा पिपुल्स हाइड्रोको शेयर तीन प्रतिशत भन्दा धेरैले घटेको छ । 
 

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया