चितवनमा धान उत्पादन घट्यो
मंसिर ६, २०८१ बिहिबार
जुम्ला – जुम्लामा भारी हिमपात भएपछि स्थानीय प्रशासनले चोक चोकमा दाउरा बाल्न सुरु गरेको छ । जुम्लामा लगातार हिमपात भइरहेको छ । हिमपातका कारण चिसोले जनजीवन प्रभावित भइरहेको छ ।
चिसोले दुई दिनदेखि हवाई यातायात बन्द भएको छ भने कर्णाली राजमार्ग पनि आज बिहानदेखि अबरुद्ध भएकाे छ । मङ्गलवारदेखि निरन्तर हिउँ परेपछि स्थानीय प्रशासनले मुख्य चोकहरुमा दाउरा बाल्ने अभियान सुरु गरेको हाे ।
जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीका अनुसार जुम्लाकाे मुख्य बजार बालमन्दिर, जिल्ला प्रशासन कार्यालय अगाडि, कालेखोली र बसपार्कमा दाउरा बाल्न सुरु गरेको हो
प्रमुख जिल्ला अधिकारी केशरीसहित नेपाली सेना नन्दबक्स गणका गणपति रविन थापा, शशस्त्र प्रहरी त्रिपुरा गण ३३ नम्बरका गणपति चित्रांगत दाहाल, नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्द, राष्ट्रिय अनुसन्धानका प्रहरी नायव उपरीक्षक राजकुमार न्यौपानेसहित नागरिक समाज गएर चोकचोकमा दाउरा बाल्न सुरु गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय आफैँले केही दाउरा व्यवस्थापन गरिदिएको कार्यालयले जानकारी दिएको छ । नागरिक समाज जुम्लाका संयोजक राजबहादुर महतका अनुसार हिउँ परिरहेको समयमा स्थानीय प्रशासनले गरेको काम प्रेरणादायी भएकाले सबै चोकमा दाउरा व्यवस्थापन गरी न्यानो बनाउनु पर्नेमा उहाँले जोड दिनुभयो ।
हिउँ परेर चिसो बढेपछि जिल्ला प्रशासन कार्यालयले विपन्न नागरिकलाई न्यानो कम्बल वितरण गर्नसमेत सुरु गरेको छ । स्थानीय प्रशासनले पहिलो दिन ६ जनालाई कम्बल वितरण गरेको छ । करिब ३ सय विपन्न तथा ज्येष्ठ नागरिकलाई न्यानो कम्बल तथा केहीलाई ज्याकेटसमेत वितरण गरिने योजना रहेको प्रजिअ केशरीले जानकारी दिनुभयो ।
जिल्ला ज्येष्ठ नागरिक संघ जुम्लाका सचिव तुलाराम न्यौपानेले ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गर्न सुरु गरेकोमा धन्यवाद दिनुभयो । उहाँले आर्थिक अवस्था कमजोर भएका अन्य ज्येष्ठ नागरिकहरुको नामावली प्रशासनलाई उपलब्ध गराइएको पनि बताउनु भयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ ।