चितवनमा धान उत्पादन घट्यो
मंसिर ६, २०८१ बिहिबार
जुम्ला - जुम्लामा हिमपातले हवाई सेवा बन्द छ । अस्तिदेखिको लगातारको हिमपातले धावनमार्गमा हिउँ जमेपछि जहाज बस्न सकेको छैन ।
नागरिक उड्डयन प्राधिकरण जुम्लाका निमित्त प्रमुख राजीव श्रेष्ठका अनुसार हिउँ जमेकाले हवाई सेवा ठप्प भएको हो । उहाँका अनुसार आज भने मौसम राम्रो भए पनि धावनमार्गमा हिउँ जमेकाले जहाज अवतरण हुन सकिरहेको छैन।
आज मौसम राम्रो भएकाले नेपालगञ्जदेखि जहाज आउन तयारी अवस्थामा छन् तर धावनमार्ग खुलाइँदै गरिएको नेपाली सेना नन्दबक्स गणका गणपति रविन थापाले जानकारी दिनुभयो । धावनमार्गमा हिउँ जमेपछि बिहानदेखि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीले धावनमार्गमा जमेको हिउँ फाल्ने काम सुरु गरेको छ ।
नेपाली सेना २४ नम्बर वाहिनीका वाहिनीपति सोवेन्द्रसिंह महत, नन्दाबक्स गणका गणपति रविन थापा बिहानैदेखि जुम्ला विमानस्थलको धावनमार्ग खुलाउन खटिएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ ।