चितवनमा धान उत्पादन घट्यो
मंसिर ६, २०८१ बिहिबार
काठमाडौं – नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले बुधबारबाट स्याङ्जाको वालिङमा नयाँ डिलर सुरु गरेको छ । एमएडब्लुले ओशो ट्रेड्स प्रालिमार्फत यस क्षेत्रका ग्राहकलाई ‘थ्रि एस’ (सेल्स, सर्भिस र स्पेयर पार्टस्)को सुविधा सुरु गरेको हो । स्याङ्जा र आसपासको क्षेत्रमा बढ्दै गएको यामाहा मोटरसाइकल र स्कुटरप्रतिको क्रेजलाई दृष्टिगत् गरी नयाँ डिलरसिप सुरु गरिएको हो ।
नयाँ शोरुमको उद्घाटन प्रमुख अतिथि तथा स्याङ्जा नगरपालिकाका उपमेयर कल्पना तिवारीले गर्नुभएको थियो । ओशो ट्रेड्सबाट ग्राहकले विश्वस्तरीय प्रविधिजडित यामाहाका लोकप्रिय मोटरसाइकल र स्कुटरहरुको ‘थ्रि एस’ सहित एक्सचेन्ज र फाइनेन्सको पनि सुविधा पाउननुहुनेछ ।
पर्फमेन्स र स्टाइलका कारण युवामाझ निकै लोकप्रिय बन्दै गएको मोटरसाइकल ब्रान्डको शोरुम सुरु गर्नु गौरवको कुरा भएको ओशो ट्रेड्सका प्रबन्ध निर्देशक रामजी पौडेलले बताउनुभयो । उहाँले यामाहा ब्रान्डका दुईपाँग्रे खरिद तथा सर्भिस गर्न टाढा धाइरहनुनपर्ने बताउनुभयो । ‘यहाँबाट हाई–टेक वर्कसप, तालिमप्राप्त र दक्ष टेक्निसियन रहनेछन् जसले मोटरसाइकलको गुणस्तरीय सर्भिसिङ गर्नेछन्,’ उहाँले भन्नुभयो ।
यामाहाले नेपाली बजारमा विभिन्न भेरियेन्टका मोटरसाइकल र स्कुटर विक्री गर्दै आएको छ । स्कुटरमा यामाहाको फेसिनो, रे जेडआर, रेजी र अल्फा गरी चार मोडेल छन् भने मोटरसाइकलमा आर३, एफजी२५, फेजर२५, आर१५, एफजेड–एस एफआई, एसजीआरआर र सलुटो उपलब्ध छन् । यामाहाले भर्खरै मात्र एफजीएस एफआई डबल डिस्क पनि बजारमा ल्याएको छ । साथै, फेजर प्लेटफर्मको फेजर २५ ले पनि राइडरहरुलाई आकर्षित गरिरहेको छ ।
एमएडब्लुले नाडा अटो सोमार्फत आर१५ भी३, एक्सटिजेड र रे जेडआर स्ट्रिट र्याली गरी तीनवटा नयाँ मोडेल सार्वजनिक गरेको थियो । यामाहाका मोटरसाइकल र स्कुटरहरु प्याटेन्टेड ‘ब्लु कोर’ इन्जिनजडित छन् । यामाहाको ‘आर’ सिरिज र ‘एफजी’ सिरिजमा अत्याधुनिक फ्युल इन्जेक्सन (एफआई) प्रविधि जडान गरिएको छ जसले पर्फमेन्स बढाउनुका साथै इन्धन खपत घटाउँछ र यसैले गर्दा यामाहाका मोटरसाइकलहरुमा माइलेज बढी पाइन्छ ।
यामाहाले दसैंतिहारको अवसरमा नयाँ ग्राहक योजना ल्याएको छ जसमा यामाहाका मोटरसाइकल तथा स्कुटर किन्ने ग्राहकले कम्तीमा सात हजारदेखि १ लाखसम्म नगद छुट स्क्र्याचमार्फत पाउनेछन् । साथै, हरेक साता एकजना भाग्यशाली ग्राहकले यामाहा आर३ जित्न सक्नेछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।