भारतमा रेल दुर्घटना हुँदा १२ जनाको ज्यान गयो
माघ १०, २०८१ बिहिबार
काठमाण्डाै - बैंक अकाउन्ट ह्याक गरी रकम निकालेकाे आराेपमा आठ जना पक्राउ परेका छन्। ललितपुर सातदोबाटोका हरिप्रसाद ढकालकाे एनआईसी एसिया बैंकमा रहेको मोबाइल बैंकिङ्क खाता ह्याक गरी चार लाख रुपैयाँ निकालेकाे आराेपमा आठ जना पक्राउ परेका हुन् । ढकालले रकम चोरी भएको उजुरी जिल्ला प्रहरी परिसर ललितपुरमा गर्नुभएकाे थियाे ।
उजुरीको आधारमा पर्साका अजय चौधरी, राजु पटेल, साहिल परवेज, दिनेश राउत, शिवशंकर राउत, रौतहटकी रविना चौधरी, बाराका सन्तोष कुँवर, सप्तरीका दिलीप चौधरी र भारत बिहार प्रदेशका अवधेष कुमारलाई काठमाण्डौ र मकवानपुरको विभिन्न ठाउँबाट पक्राउ गरिएको हाे ।
जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सिद्धीविक्रम शाहले शुक्रवार आज पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिनु भएकाे हाे । उनीहरुको साथबाट नौ थान मोबाइल, एक थान ल्यापटप र पाँच थान एटीएम कार्ड पनि बरामद गरिएको छ ।
पक्राउ परेकाहरुलाई बैंकिङ्क कसुर मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।