काठमाण्डौको टुँडीखेलमा सेनाको हर्षबढाइँ कार्यक्रम
असोज २४, २०८१ बिहिबार
स्याङ्जा - स्याङ्जाको वालिङमा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएकाे छ । जगत भञ्ज्याङबाट मिर्दीका लागि छुटेकाे ग १ त ६८८६ नम्बरकाे ट्र्याक्टर वालिङ-६ को आम्डालीमा दुर्घटना भएकाे हाे।
दुर्घटनामा गम्भीर घाइते भएका चालक चापाकोट-२ का नविन सुनार र वालिङ-८ का १४ वर्षका सोविन विकको उपचारका क्रममा ज्यान गएको हो।
गएराति ढुङ्गा बोकेको ट्र्याक्टर अनियन्त्रित भइ सडकबाट १५ मिटर तल झरेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिनुभयो।
चालक नविनको उपचारका क्रममा वालिङ अस्पतालमा र सहचालक विकको पोखरामा ज्यान गएकाे प्रहरीले जनाएकाे छ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ ।