अमेरिकामा आगलागी र हिमआँधीका कारण जनजीवन अस्तव्यस्त
पुस २७, २०८१ शनिबार
कुनै समय बलिउड अभिनेता गोविन्दा एक जमानामा कमेडी किङका नामले चिनिन्थे । उनी अभिनित फिल्म रिलिज भएसँगै कैयौँ दिनसम्म हलहरु हाउसफुल हुने गर्थे । तर आजभोलि गोविन्दाका फिल्म रिलिज त हुन्छन् तर व्यापार र समीक्षकको नजरमा भने पर्दैनन् ।
उनी अभिनित फिल्म ‘फ्राइडे’ आज रिलिज भएको छ । रिलिज हुनुअघि यस फिल्मको खासै चर्चा भएन । पछिल्लो केही वर्षदेखि बलिउडबाट गायब भएका गोविन्दाको करियर आखिर किन यसरी खस्कियो भन्नेबारेमा चर्चा गर्दैछौँ ।
गोविन्दा फिल्मको सेटमा निकै ढिलोगरी उपस्थित हुने गर्दथे । उनी ढिला आउँदा फिल्मको सेटमा खटिएका कर्मचारी मात्रै नभई निर्देशक, निर्माता र अन्य कलाकारले पनि निकै दुःख झेल्नु पर्दथ्यो । गोविन्दालाई कैयौँ पटक सम्झाउँदा पनि उनी आफ्नै हिसाबले सेटमा आउने गर्दथे । तसर्थ फिल्म निर्माताहरु गोविन्दाको साथ काम गरेर पनि निकै निरास हुने गर्दथे ।
गोविन्दा अभिनित जति पनि फिल्म सुपरहिट भएका थिए, तीमध्ये धेरै फिल्म निर्देशक डेविड धवनसँग काम गरेका थिए । डेविड धवन र गोविन्दाको जोडीलाई सुपर सक्सेस जोडी भनिन्थ्यो । तर गोविन्दाले तीनै डेविड धवनका साथ झगडा गरे । यसपछि यी दुवैको सम्बन्ध बिग्रियो । बिस्तारै डेविडले गोविन्दालाई काम दिन बन्द गरे । पछिल्लो समयमा डेविड आफ्नै छोरा वरुण धवनलाई लिएर फिल्म बनाइरहेका छन् भने गोविन्दा उनको नजरमा परेका छैनन् ।
अहिलेको समयमा बलिउडका कलाकारहरु फिटनेसमा मात्रै ध्यान दिँदैनन् । उनीहरु फिल्मको भूमिका अनुरुप आफ्नो शरीरलाई ढाल्छन । तर गोविन्दाले उनको फिटनेसमा कहिल्यै ध्यान दिएनन् । समयअनुसार उनको शरीर बिग्रँदै गयो । जसले उनको चार्ममा पनि कमी आयो । यही कारण फिल्म निर्देशक तथा निर्माता गोविन्दालाई फिल्ममा साइन गर्न हिच्किचाउन थाले ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।