प्रिमियर लिग : लिभरपुलले म्यानचेस्टर युनाइटेडलाई ७–० गोलले हरायो

 फागुन २२, २०७९ सोमबार ७:६:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इङ्लिस प्रिमियर लिग फुटबल (ईपीएल) मा लिभरपुलले म्यानचेस्टर युनाइटेडलाई ७–० गोलले हराएको छ ।

गएराति भएको खेलमा लिभरपुलका लागि कोडी गाक्पो, डार्विन नुनेज र मोहमद सलाहले २–२ गोल गरे । रोबर्टो फिर्मिन्होले एक गोल गरे ।

जितसँगै लिभरपुलले २५ खेलमा ४२ अङ्क जोडेको छ । लिभरपुल पाँचौँ स्थानमा उक्लिएको छ । युनाइटेड ४९ अङ्क जोडेर तेस्रो स्थानमा रहेको छ ।

यस्तै, गएराति नै भएको अर्को खेलमा नाेटम फरेस्ट र इभर्टनले २–२ गोलको बराबरी खेलेका छन् । नोटम फरेस्ट २६ अङ्कसहित १४औँ र इभर्टन २२ अङ्कसहित १८औँ स्थानमा छन् । 
 

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया