नयाँ स्टक एक्सचेन्जको विषय अगाडि बढाउँछु : धिताेपत्र बाेर्डका ...
मंसिर १२, २०८१ बुधबार
बुरून्डीमा पोलियो सङ्क्रमणको प्रकोप घोषणा भएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले तीन दशकभन्दा लामो समयपछि पहिलो पटक पोलियोको सङ्क्रमण देखिएको जनाएको छ।
संयुक्त राष्ट्र सङ्घीय निकायले एक विज्ञप्ति निकालेर मध्य अफ्रिकी देशमा नमुना–२ पोलियो भाइरसका आठ वटा घटना फेला परेको जनाएको छ।
बुरुन्डीका स्वास्थ्य अधिकारीहरूले देशको पश्चिमी क्षेत्रमा खोप नलगाएका चार वर्षीय बालक र उनको सम्पर्कमा आएका अन्य दुई बालबालिकामा पनि सङ्क्रमण देखिएको उल्लेख गरेका छन् । अन्य पाँच वटा नमुना–२ पोलियोको भाइरस फोहर पानीमा फेला परेको डब्ल्यूएचओले जनाएको छ।
पोलियो एक सङ्क्रामक रोग हो । यसले स्नायु प्रणालीलाई सङ्क्रमित गर्छ र पक्षघात निम्त्याउन सक्छ । यसको रोकथाम खोपको प्रयोगबाट गर्न सकिन्छ । डब्ल्यूएचओका क्षेत्रीय अफ्रिका निर्देशक मात्शिडिसो मोएतीले पोलियो खोपलाई बढाउन सक्दो सहयोग गरिरहेको बताउनुभएको छ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।