शेयर बजार १ अङ्कले बढ्यो, कारोबार रकम १ अर्ब रुपैयाँ पनि पुगेन

 चैत १५, २०७९ बुधबार १५:१९:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – हिजाे मङ्गलवार र अस्ति साेमवार दाेहोरो अङ्कले बढेको शेयर बजार आज बुधवार सामान्य उकालो लागेको छ । शेयर बजार परिसूचक नेप्से आज एक दशमलव शून्य दुई अङ्कले बढेर एक हजार नौ सय १९ दशमलव ४३ विन्दुमा पुगेको छ ।

आज माइक्रोफाइनान्स, होटल र अन्य समूहको शेयर सामान्य बढेको छ । बजार सामान्य बढे पनि कारोबार रकममा भने कमी आएको छ । दुई सय ५८ वटा कम्पनीका २५ लाख ३९ हजार कित्ता शेयर ८१ करोड ६२ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै एनआईसी एसिया बैंकको तीन करोड ५६ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज सबैभन्दा धेरै सुपरमाई हाइड्रोपावर लिमिटेड र कालिञ्चोक दर्शन लिमिटेडको शेयर १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै खप्तड लघुवित्त कम्पनीको शेयर झन्डै साढे चार प्रतिशतले घटेको  छ ।

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया