नेपाल औषधि लिमिटेडले पायो अन्तर्राष्ट्रिय मान्यताको 'जीएमपी' प्...
माघ २२, २०८१ मंगलबार
काठमाण्डाै – नेपाल टेलिकमले अघिल्लो आर्थिक वर्षमा ६ अर्ब २३ करोड रुपैयाँ खुद मुनाफा गरेको छ । २१औं वार्षिकोत्सवमा कम्पनीले आज आयव्ययसहितको विवरण सार्वजनिक गरेको हो ।
कम्पनीको विवरण अनुसार आर्थिक वर्ष २०८०/०८१ को कुल आय ४२ अर्ब ११ करोड र खुद मुनाफा ६ अर्ब २३ करोड रुपैयाँ रहेको छ । कुल आय र नाफा दुवै अघिल्लो आर्थिक वर्षको भन्दा घटेको हो । आफ्नो ग्राहक सङ्ख्या २ करोड १२ लाख ४२ हजार बढी पुगेको कम्पनीले दाबी गरेको छ ।
पछिल्लो समयमा टेलिकम सेवा प्रदायक कम्पनीको आम्दानी घटेको असर उनीहरूको पूँजीगत खर्चमा देखिएको छ । सन् २००८ देखि २०१६ सम्मको अवधिमा कुल आम्दानीको झन्डै आधा रकम पूर्वाधार विकासमा खर्च गर्ने टेलिकम कम्पनीहरूले अहिले आम्दानीको झन्डै १० प्रतिशत मात्रै पूर्वाधारमा खर्च गरेको पाइन्छ ।
दूरसञ्चार विज्ञ विशाल उपाध्याय टेलिकम क्षेत्रमा पूँजीगत खर्चको माग बढे पनि आम्दानी नहुँदा खर्च नभएको बताउनुहुन्छ । टेलिकम क्षेत्रको आम्दानीसँगै त्यस क्षेत्रबाट राज्यले पाउने राजश्व पनि घटेको छ । आर्थिक वर्षा २०७६/७७ मा नेपाल टेलिकम र एनसेलले गरी ६७ अर्ब ४८ करोड राजश्व बुझाएकामा आर्थिक वर्ष २०७९/८० मा २० अर्बले घटेर ४७ अर्ब रुपैयाँमा सीमित भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।