अर्जुन ट्रफी क्रिकेटमा बुटवलको विजयी शुरुआत

 माघ २२, २०८१ मंगलबार १५:२१:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अर्जुन ट्रफी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा न्यु होराइजन बुटवलले विजयी शुरुआत गरेको छ । बुटवलले दशरथ चन्द एकेडेमी बैतडीलाई ५१ रनले हरायो ।

बुटवलले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याएको बैतडी १४ ओभर ५ बलमा १ सय ६ रनमा अलआउट भयो । बैतडीका वसन्त खत्रीले सबैभन्दा धेरै २० रन बनाए । बुटवलका तुलबहादुर थापाले ३ विकेट लिए ।

यसअघि धनगढीमा टस हारेर ब्याटिङको निम्तो पाएको बुटवलले २० ओभरमा ५ विकेट गुमाएर १ सय ५७ रन बनायो । बुटवलका दीपक डुम्रेले ४५, आरिफ खानले ४१ रन बनाए । बैतडीका भुवन कार्कीले २ विकेट लिए ।

यो जीतसँगै बुटवल २ अङ्कसहित समूह ‘बी’ को दोस्रो स्थानमा छ । लगातार २ खेल हारेको बैतडी तेस्रो स्थानमा छ । प्रतियोगितामा अहिले समूह ‘ए’ का बोस्टन क्रिकेट झापा र डीसीए धनगढी खेलिरहेका छन् ।

प्रतियोगितामा देशभरका ८ वटा क्लब सहभागी छन् । विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । नेपाल क्रिकेट सङ्घ (क्यान) को वार्षिक क्यालेन्डरमा समावेश यो प्रतियोगिता यही माघ २८ गतेसम्म चल्नेछ ।

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया