भारतीय स्थल सेनाध्यक्ष नेपाल भ्रमण सकेर स्वदेश फिर्ता
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै - सातौँ संस्करणको विराट गोल्डकपको उपाधि घरेलु टोली विराटनगर सिटी (बीसीएफ) ले जितेको छ ।
विराटनगरको शहीद रङ्गशालामा हिजो भएको फाइनलमा भारत केरलाको लुका सकर क्लबलाई ४–० गोलले हराउँदै विराटनगर च्याम्पियन बनेको हो ।
विराटनगरको जितमा ओलावाले आफिज, विमल घर्तीमगर, मेसुके ओलुमोउ र अविशेक गुरुङले एक/एक गोल गरे ।
विराटनगरका लागि खेलको सातौँ मिनेटमा ओलावालेले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यस्तै, ७९औँ मिनेटमा विमलले, ९०औँ मेसुकेले र खेलकाे इञ्जुरी समयमा अविषेकले गोल गर्दै विराटनगरलाई ४-० को जित दिलाएका हुन् ।
च्याम्पियन विराटनगरले २० लाख १५ हजार रुपैयाँ नगद प्राप्त गरेको छ । उपविजेता लुका सकर क्लबले १० लाख १५ हजार रुपैयाँ प्राप्त गरेको छ ।
तस्बिर : विराट गाेल्ड क्लबकाे फेसबुक
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।