आईपीएल क्रिकेटमा आज राजस्थान र हैदराबाद तथा बेङ्लोर र मुम्बई खेल्दै

 चैत १९, २०७९ आइतबार ९:५३:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज पनि दुई वटा खेल हुँदैछ । आज हुने पहिलो खेलमा दिउँसो पौने ४ बजे राजस्थान रोयल्स र सनराइजर्स हैदराबाद खेल्दैछन् ।

यो खेल हैदराबादमा हुनेछ ।

त्यस्तै, आजको दोस्रो खेलमा रोयल च्यालेञ्जर्स बेङ्लोर र मुम्बई इन्डियन्स खेल्दैछन् ।

बेङ्लोर र मुम्बईको खेल बेङ्लुरुमा बेलुका पौने ८ बजे सुरु हुनेछ । यसअघि हिजो भएको पहिलो खेलमा पञ्जाब किङ्ग्सले कोलकता नाइट राइडर्सलाई डीएल पद्धतिमा ७ रनले तथा लखनउ सुपर जायन्ट्सले दिल्ली क्यापिटल्सलाई ५० रनले हराएको थियो ।

अस्ति शुक्रवारदेखि सुरु भएको १६औँ संस्करणको आईपीएल क्रिकेटमा १० टोली सहभागी छन् । उद्घाटन खेलमा गुजरातले चेन्नईलाई हराउँदै विजयी सुरुवात गरेको थियो । लखनउ, गुजरात र पञ्जाबको अङ्कतालिकामा समान २ अङ्क छ ।

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया