भारतीय स्थल सेनाध्यक्ष नेपाल भ्रमण सकेर स्वदेश फिर्ता
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै – नेपाल तेक्वान्दो सङ्घको आयोजनामा चैत अन्तिम हप्ता पहिलो संस्करणको एनटीए खुला पुप्से तेक्वान्दो च्याम्पियनशिप हुने भएको छ ।
नेपाल तेक्वान्दो सङ्घले आइतवार पत्रकार सम्मेलन गरेर चैत २९ गते प्रथम एनटीए खुला पुप्से तेक्वान्दो च्याम्पियनशिप हुने जनाएको छ । खेलकुद विकास ऐन २०७७ मा सङ्घहरूले प्रत्येक वर्ष प्रतियोगिता गर्नुपर्ने प्रावधानअनुसार च्याम्पियनशिप हुन लागेको हो ।
प्रतियोगिताका लागि सङ्घका उपाध्यक्ष भक्तबहादुर चन्दको अध्यक्षतामा सात सदस्यीय प्रतियोगिता आयोजना समिति गठन गरिएको छ । समितिको संयोजकमा सङ्घका केन्द्रीय सदस्य बब्लु शिवाकोटी छन् ।
च्याम्पियनशिपमा देशभरबाट डोजाङको सिफारिसमा आएका कुनै पनि खेलाडीले सहभागिता जनाउन पाउने आयोजकले जानकारी दियो । विभिन्न कुनामा रहेका खेलाडीको प्रतिभा उजागर गर्ने लक्ष्यका साथ आयोजना गर्न लागिएको च्याम्पियनशिपमा सिनियर, जुनियर, क्याडेट र सुपर क्याडेट गरी सात उमेर समूहका ३५ विधामा प्रतिस्पर्धा हुनेछ ।
झन्डै तीन सय जना खेलाडीको सहभागिता रहने प्रतियोगिताका लागि नौ लाख ५० हजार रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ । यस्तै आयोजकले च्याम्पियनशिपको उत्कृष्ट खेलाडीलाई राष्ट्रिय टोलीको तयारीमा समावेश गराउने बताएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।