बाग्मती, गण्डकी र कर्णालीमा बादल : तत्काल पानी नपर्ने
माघ २३, २०८१ बुधबार
काठमाण्डाै - सरकारले रुघाखोकी लागेका बेला जथाभाबी एन्टिबायोटिक प्रयोग नगर्न आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयले सूचना निकालेर रुघाखोकी लागेका बेला जथाभाबी एन्टिबायोटिक नखान आग्रह गरेको हो।
मौसम परिवर्तनसँगै वायु प्रदूषण बढेकाले अहिले धेरैलाई रुघाखोकी र ज्वरो आएको छ । यस्तो बेला बिरामीसँग भौतिक दूरी कायम गर्न मन्त्रालयको सुझाव छ । घरमा कसैलाई रुघाखोकी लागेको भए मास्क लगाउन सूचनामा भनिएको छ ।
यस्तै, खोक्दा वा हाच्छिउँ गर्दा नाक, मुख छोप्न पनि भनिएको छ ।
बेलाबेलामा साबुनपानीले सफासँग हात धुन, तातो पानी पिउन, बाफ लिन, प्रशस्त मात्रामा तातो पानी र झोलिलो खानेकुरा खान र रुघाखोकी लागेका बेला घरेलु उपचार विधि अपनाउन आग्रह गरिएको छ ।
यस्तै, सम्भव भएसम्म मौसमी फ्लुविरुद्धको खोप लगाउन पनि स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।