दसैँको बेला अक्षता बनाउन मात्रै कति धेरै चामलको प्रयोग !

 कात्तिक २, २०७५ शुक्रबार १२:२३:५६ | नवराज फुयाँल
unn.prixa.net

काठमाडौं - निधारभरी रातो अक्षताको टीका र शीरमा जमरा नलगाएसम्म दसैँ माने जस्तै लाग्दैन चितवनकी निशा पौडेललाई । नेपालीको ठूलो चाडको रुपमा दसैँलाई मान्ने गरिन्छ । ‛वर्ष दिनमा आउने दसैँमा टीका जमरा नलगाई कसरी बस्नु′ निशा भन्नुहुन्छ ।   

निशा जस्तै धादिङका मनोज छतकुली पनि नयाँ कपडा लगाउने, मिठो खाने र टिका जमरा नलगाएसम्म दसैँ माने जस्तै नलाग्ने बताउनुहुन्छ ।  

निशा र मनोज जस्तै देशका ८२ प्रतिशत हिन्दू धर्मावलम्बीहरुले दसैँमा अनिवार्य रुपमा चामलको अक्षताको टीका र जमरा लगाउने गर्छन् । कतिपय बौद्ध धर्म मान्नेहरुले समेत दसैँमा टीका लगाउने गर्छन ।

चामलमा दही र अबीर मिलाएर बनाइएको अक्षताको टीका निधारै छोपिने गरि लगाएको दसैँमा देख्न सकिन्छ ।

टीका लगाउनकै लागि हरेक परिवारले कम्तिमा पनि एकमानो चामल छुट्याउने गरेका हुन्छन् । जुन दसैँको विजयादशमीदेखि पूर्णिमासम्म प्रयोग गर्ने गरिन्छ । दसैँको शुरुको दिन घटस्थापनादेखि नै देवीको पूजामा पनि अक्षताले नै पजा गर्ने परम्परा छ । ९ दिन सम्म देवीको पूजाका लागि अबिरमा मुछेर चामलको अक्षता नै प्रयोग गरिन्छ ।

दसैँमा नवदुर्गाको पूजा आराधना गरिने र प्रसादको रुपमा मान्यजनको हातबाट आशीर्वाद सहित टीका थाप्ने संस्कृति रहेकाले अनिवार्य रुपमा अक्षताको टीका लगाउने प्रचलन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा.रामचन्द्र गौतमले बताउनुभयो ।

परापूर्वकालदेखि मनाइँदै आएको परम्पराअनुसार शक्तिस्वरुपा देवीको पूजा आराधनामा शुद्ध अनाजको रुपमा चामलको अक्षताको प्रयोग गरिएको उहाँले बताउनुभयो । अबिरमा मुछेर लगाइने रातो अक्षता शुभ प्रतीक रहेकाले हिन्दू धर्म सँस्कृतिमा यसको प्रयोग भएको गौतम बताउनुहुन्छ ।   

एक जनाले दसैँमा लगाउने अक्षतामा कम्तिमा १० ग्राम मात्रै चामल प्रयोग गरे पनि जनसंख्याको अनुपातमा हिसाब निकाल्ने हो भने झण्डै २ लाख १५ हजार किलो चामल खर्च हुने देखिन्छ । बौद्ध धर्मवलाम्बीले समेत टिका लगाए यो परिणाम २ लाख ३८ हजार किलो पुग्ने छ ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नवराज फुयाँल

फुयाँल सञ्चारकर्मी हुनुहुन्छ । उहाँ राजनीति, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। 

1 Comments

  • Bhim shrestha

    Oct. 19, 2018, 11:49 p.m.

    एक अर्थमा कुरो सहि भएपनी केही पाउन केही गुमाउनु पर्छ,चामल बिना कसरी अछेता बनाउनु ,मोहि माग्ने ढुंग्रो लुकाउने जस्तो कुरो भयोकी??

  •  0 Reply

तपाईको प्रतिक्रिया