भारतमा रेल दुर्घटना हुँदा १२ जनाको ज्यान गयो
माघ १०, २०८१ बिहिबार
धनुषा - धनुषामा ७ लाख रुपैयाँभन्दा बढी नक्कली नोटसहित एक महिला पक्राउ परेकी छिन् । ७ लाख ७१ हजार ५ सय रुपैयाँ नक्कली नोटसहित धनुषाको विदेह नगरपालिका-६ की अनुकुमारी साहलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको हो ।
उनको साथबाट एक हजारको नक्कली नोट ४ सय ९२ थान र ५ सयको नक्कली नोट ५ सय ५९ थान बरामद गरिएको छ ।
जनकपुरधाममा रहेकाे जिरोमाइलबाट खटिएको गस्ती टोलीले २५ वर्षीया अनुकुमारी साहको झोला जाँच गर्दा नक्कली नोटहरु बरामद भएको हो ।
महिलाको खल्तीबाट नेपाली १० हजार ५ सय रुपैयाँ, भारतीय १६० समेत बरामद गरेको प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले बताउनु भयो । उहाँले नक्कली नोट १ लाख बराबर ७ लाख सटही गरी ल्याएको महिलाले सोधपुछका क्रममा बताएकी जानकारी दिनुभयाे।
महिलासँगको सोधपुछपछि थप संलग्नता रहेकाहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । अहिलेसम्म थप एक जनालाई पक्राउ गरिएको बताइएको छ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।